पर्वत – पर्वतको पैयुँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरी विजयी भएका छन् ।


ADVERTISEMENT


मल्लले तीन हजार ८२४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठले तीन हजार ३८० मत ल्याएर पराजित भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपाध्यक्षमा भने एमालेका उम्मेदवार यामकुमारी राना विजयी भएकी छन् । रानाले तीन हजार ७७७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी उपाध्यक्षका उम्मेदवार कांग्रेसका जानकी प्रधानले तीन हजार ४५८ मत ल्याएर पराजित भए । पैयुँ गाउँपालिकामा ७ वटा वडा रहेका छन् ।

जसमा वडा नं १ र वडा नं ७ भोर्लेमा कांग्रेस विजयी भएको छ भने बाँकी ५ वटा वडामा एमाले विजयी भएको छ । रासस