बागलुङ – राष्ट्रिय जनमोर्चाले बागलुङको बरेङ गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको छ ।


ADVERTISEMENT


बरेङमा नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका कृष्णप्रसाद शर्मा पालिका प्रमुखमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ३ हजार ६ सय १ मतसहित उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार प्रदीप थापाले २ हजार २ सय ३२ मत प्राप्त गरेका छन् ।नवनिर्वाचित शर्मा गत २०७४ सालमा समेत जनमोर्चाबाट गाउँपालिका प्रमुखमा निर्वाचित भएका थिए ।

त्यसैगरी गाउँपालिको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दिलिपकुमार पुनः निर्वाचित भएका छन् । उनले ३ हजार ६ सय ८२ मत ल्याएका हुन् ।

जनमोर्चाको पकड रहेको बागलुङको बरेङकै वडा नं १ र २ मा जनमोर्चाले अध्यक्ष जितेको छ ।