कास्की – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।


ADVERTISEMENT


जारी मतगणनामा १८ हजार १२० मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले छ हजार ५४५ मत ल्याउँदा गठबन्धनका आचार्यले ८६९ मतले अग्रता लिएका हुन्।


ADVERTISEMENT

# # #


उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अघि छिन् भने एमालेका मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित उनलाई पछ्याइरहेकी छन् ।

महानगरको वडा नं १ मा एमाले, वडा नं २, ३, ४ र १२ मा कांग्रेस विजय भएको छ भने वडा नं २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन् । महानगरपालिकाको वडा नं ५, १३, २४, २५ र २६ मा मतगणना भइरहेको छ ।