कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।


ADVERTISEMENT


शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १४ हजार ७ सय ३६ गणना भएको छ। जसमा हमालले ६ हजार ५ सय ९६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३ सय ५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६ सय ७४ मत पाएका छन्।

हमाल र वडबीच ३ हजार २४२ मतको अन्तर रहेको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९ सय ४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।