काठमाडौँ – विराटनगर महानगरपालिकाको मेयरतर्फ नेपाली काँग्रेसका नागेश कोइरालाले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । ताजा मत परिणा अनुसार कोइरालाले ९ हजार मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ६६६७ मत ल्याएका छन् । उनी कोइरालाभन्दा २ हवार ३३३ मतले पछाडि रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले २ हजार २३१ मत लयाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रल्हादप्रसाद साह हलुवाइले १२२० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा कार्की अग्र स्थानमा रहेकी छन् । उनले ७ हजार ६४६ मत प्राप्त गरेकी छन् । उनलाई पाँच दलीय गठबन्धनका अमरेन्द्र यादवले पच्छ्याइरहेका छन् ।

यादवले ४ हजार ४४४ मत ल्याएका छन् । यस्तै राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्य १५०७ ल्याएकी छन् ।