नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाएका थिए । थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत प्राप्त गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ । पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जनाए ।

जानकी र बैजानाथमा मतगणाना रोकियो

बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो ।

सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिए । त्यस्तै वैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जनाइन् । रासस