दैलेख– जिल्लाको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे ।


ADVERTISEMENT


प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन् । थापाले पाँच हजार ३५७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरिन् ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेकी छन् । रासस