काठमाडौँ – पछिल्ला दुई अघिवेशनमा लगातार अवरोध गरेर संसद बैठक बस्न नदिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघिकोजस्तै विरोध नगर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबारबाट सुरु भएको संसदको वर्षे अधिवेशनमा प्रतिनिसधभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमालेका सांसद प्रदीप ज्ञवालीले अब संसदमा फरक तरिकाले विरोध गर्ने जनाए । उनले एमालेले यसअघि राख्दै आएका विषयमा अडढान निरन्तर राख्ने तर मुलुक नयाँ कोर्समा गइसकेकाले अब संसद अवरोध नगर्ने बताए ।


ADVERTISEMENT

# # #


ज्ञवालीले भने, ‘मुलुक एउटा कोर्समा गइसकेकाले हामीले आजदेखि यो अवरोधलाई, हाम्रो विरोधलाई फरक ढंगले प्रस्तुत गर्ने एउटा निर्णय गरेका छौँ ।’ उनले देश आर्थिक संकटतर्फ गइरहेकाले त्यस विषयमा छलफल गर्नका लागि पनि विरोधको स्वरुपलाई परिवर्तन गरिएको उनको भनाई छ ।

मुलुकको अर्थतन्त्र एकदमै ठूलो संकटमा रहे पनि प्रधानमन्त्री, मन्त्रीहरु सत्ताको सेटिङमै व्यस्त रहेको आरोप लगाए । उनले भने, ‘उहाँहरुलाई न महंगीले हरेक नागरिक, गृहणीको जीवन अस्तव्यस्त भएको कुराले छुन्छ, न मुलुकको अर्थतन्त्रका सबै सूचकमा रातो बत्ति बल्दै गरेका कुराले छुन्छ । तर, उहाँहरुले नसुने पनि देशले सुन्नुपर्छ, यो सर्वोच्च संस्थाले सुुन्नुपर्छ भन्ने हामीलाई लागेको छ ।’

विदेशी मुद्राको सञ्चिती इतिहासकै न्यून अवस्थामा झरेको, व्यापार घाटा चुलिँदै गएको, भुक्तानी सन्तुलनको स्थिति भयावह भएकाले यसबारे संसदमा गम्भीर रुपमा गरिनुपर्ने उनले बताए ।