काठमाडौँ – नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ३ हजार ५ सय ६५ पीसीआर परीक्षणका क्रममा १८ जना र ६ सय ३२ एन्टीजेन परीक्षणका क्रममा १ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २१ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।