काठमाडौं – काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।


ADVERTISEMENT


हालसम्म ३९ हजार ५२० मत गणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत पाएका छन् ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत पाएकी छन् ।