झापा – झापाको कनकाई नगरपालिका प्रमुखमा पुनः नेकपा एमालेका तर्फबाट राजेन्द्र पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका आशा शिवाकोटी निर्वाचित भएका छन् । पोखरेल विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट समेत पालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।


ADVERTISEMENT


पोखरेल कूल आठ हजार ६७३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमिरियाले छ हजार ६६१ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका शेरबहादुर थापाले पाँच हजार ९६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओलीले दुई हजार पाँच मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपप्रमुख शिवाकोटीले १० हजार ७१३ मत प्राप्त गरी विजय बनेका छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु प्रसाईँले आठ हजार ८७५ मत प्राप्त गरेका छन् । उनले प्रसाईँलाई एक हजार ८३८ मत बढी ल्याएर पराजित गरेका हुन् । मञ्जु यसअघि नगरउपप्रमुख थिए । रासस