काठमाडौं – सिन्धुलीको  मरिण गाउँपालिका अध्यक्षमा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विमर्श मुक्तान (प्रख्यात) विजयी भएका छन् ।


ADVERTISEMENT


लामो समय नेकपा माओवादी पार्टीमा रहेर काम गरेका मुक्तान  १० बर्षे माओवादी जनआन्दोलनका कमाण्डर समेत हुन्  । मरिणमा अध्यक्ष जितेका प्रख्यात, भर्खरै घाँटीबाट गोली निकालेका जसको शरीरभरी अझै छर्राहरू छन्।


ADVERTISEMENT

# # #


मरिण गाउँपालिकाको वडा नं ०३ को निवर्तमान वडाध्यक्षसमेत रहेका मुक्तानले अब जनता र मरिण गाउँपालिकाको भलाइका लागि पाँच वर्षको कार्यकाल सम्हाल्नेछन् ।

नेपाली कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका उनले ५ हजार १९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द लामाले ४ हजार ७६० मत प्राप्त गरे ।

गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसकी विमला माझीले ५ हजार २८१ प्राप्त गरी निर्वाचित भइन् । २०७४ को चुनावमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।