मोरङ – मोरङको केराबारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकै मनमाया मगर विजयी भएका हुन् ।


ADVERTISEMENT


बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा सुमनले ७८१० मत प्राप्त गरे । उनले प्रतिस्पर्धी कांग्रेसका रोहितबहादुर कार्कीलाई १ हजार ४ सय २० मत अन्तरले पराजित गरे ।


ADVERTISEMENT

# # #


कार्की निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् । उनले ६ हजार ३ सय ९० मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै मगरले ७२६७ मत ल्याउँदै जित हात पारिन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत प्राप्त गरिन् । उक्त गाउँपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका कार्कीले अध्यक्षमा ५ हजार ४ सय ९९ र उपाध्यक्षमा एमालेकी शान्तिकुमारी लिम्बू ५ हजार ७ सय ४७ मतका साथ विजयी भएका थिए ।

यसपालि गाउँपालिकामा एमालेले वडा नम्बर १, २, ३, ५, ७ र १० पनि जितेको छ । ४, ८ र ९ मा कांग्रेस र ६ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।