जलेश्वर– महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा)ले विजयी प्राप्त गरेको छ ।


ADVERTISEMENT


तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन्, भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेकी छन् ।

जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा (एमाले) एक र तमलोपाले एक जितेका छन् । रासस