प्रतिनिधिसभा बैठकमा बुधबारबाट विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका सुरु भएको छ ।


ADVERTISEMENT


छलफलका क्रममा सांसदहरुले आगामी बजेटको स्वरुपका विषयमा धारणा राखेका छन् । बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकताले मुलुकको अग्रगति नलिने तर्क गरे ।


ADVERTISEMENT

# # #


उनले समाजवादमा पुग्नका लागि सिद्धान्त र प्राथमिकता कुनै उपयुक्त बिषय नै नसमेटिएको बताए । भट्टराईले मुलुकको अर्थतन्त्र धरासयी हुदा समेत सरकार गम्भीर हुन नसकेको उल्लेख गे । उनले मुलुकमा रेमिट्यान्स घट्दै जादा अनौपचारीक च्यानलहरु सक्रिय बन्दै गएको र यसमा सरकारमा भएकाहरु नै सहभागी भएको आरोप लगाए ।

त्यस्तै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले जनताको विकास, राष्ट्रिय राजनीतिको स्थिरता, र राष्ट्रिय विकासको लागि जनतालाई केन्द्रविन्दुमा राखेर बजेट आउने विश्वास व्यक्त गरिन् । नेपालको अर्थतन्त्रमा देखापरेका चुनौतीहरुलाई व्यवस्थापन गर्न अहिलेको बजेटको महत्वपूर्ण भूमिका हुने उनको भनाई छ ।

त्यस्तै छलफलमा भाग लिदै माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले चूनाव खर्चिलो बन्दै गएको र भ्रष्टाचारलाई कम गर्ने गरि काम गर्नुपर्ने बताए । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले पाएको मत राजनीतिक दलप्रतिको आक्रोश भएको उनको भनाई छ ।

उनले बजेट बनाउदै पार्टीमा छलफल हुन नसक्नु दुखद भएको धारणा राखे ।

बैठकमा सांसदहरुले बोल्नेक्रम जारी छ ।