काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरतर्फ स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र(वालेन) शाहले १८ हजार मतको आँकडा नाघेका छन् । अपरान्ह ४ः४० को अपडेट अनुसार ४६ हजार १८७ मत गणना हुँदा वालेनले १८ हजार १६ मत ल्याएका छन् ।


ADVERTISEMENT


सुरुवाती अग्रता कायम गरेका साहले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार ६९८ मतले पछि पारेका छन् । स्थापितले ९ हजार ३१९ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् । उनले पछिल्लो मपडेट अनुसार ८ हजार ३७२ मत पाएकी छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गरेकी छन् । सुनिताले १५ हजार ६७४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत मात्रै पाएका छन् ।

यस्तै राप्रपाकी विनिता मगैया ३ हजार ४४९ मतसहित तेस्रो स्थानमा छिन् । काठमाडौँमा अहिले वडा नं. ४,६,७, २८, २९, ३०, ३१ र ३२ को मत मणना भइरहेको छ । वडा नं. १, २, ३ र ५ को मतगणना सम्पन्न भइसकेको छ ।