काठमाडौँ – बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोविन्दबहादुर मल्ल विजयी भएका छन् । मल्लले नेकपा एमालेका अजबहादुर मल्ललाई ११५ मतले हराउँदै अध्यक्षमा चुनिएका हुन् ।


ADVERTISEMENT


दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका मल्लले २ हजार ३८४ मत प्राप्त गरे । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजबहादुरले २ हजार २६९ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै उपाध्यक्ष तर्फ भने नेकपा एमालेले जितेको छ । एमालेकी राजकला सार्कीले ८१ मतान्तरसहित उपाध्यक्ष चुनिएकी हुन् । उनले २ हजार ३६७ मत प्राप्त गर्दा निटकतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला रावत (रोकाया)ले २ हजार २८६ मत ल्याइन् ।

हिमालीमा यसअघि २०७४ को निर्वाचनमा पनि गोविन्दबहादुरले एमालेका अजबहादुरलाई नै पराजित गरेका थिए ।