काठमाडौँ– एसिसी पुरुष यु–१६ इस्ट जोन कप विजेता नेपाली टीमका सदस्यहरुलाई खेलकुद परिषद लुम्बिनीले सम्मान गरेको छ ।


ADVERTISEMENT


खेलकुद परिषद लुम्बिनीले बिहीबार प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा एक कार्यक्रमको आयोजना गर्दै पुरुष यु–१६ क्रिकेट टीमका सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक सञ्जु क्षेत्रीलाई अभिनन्दन गर्दै नगदसहित सम्मान गरेको हो ।


ADVERTISEMENT

# # #


खेलकुद परिषद लुम्बिनीका सचिव तिरनदाज गौतमले शुुभम खनाल र रौनक श्रीवास्तवलाई जनही १ लाख, सहायक प्रशिक्षक क्षेत्रीलाई ५० हजारसहित सम्मान गरिएको जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्पूर्ण देशबासीको शिर उँचो बनाएको भन्दै उपाधि जितेका खेलाडीको सम्मान स्वरुप लुम्बिनीबाट प्रतिनिधित्व गरेका खेलाडी र सहायक प्रशिक्षकलाई पुरस्कृत गरिएको उनले बताए ।

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेटको क्षमता उजागर गर्दै उपाधिसहितको नतिजा भित्र्याउँदा सिंगो देशले सम्मान गर्दा क्रिकेटमा लाग्न अझ जिम्मेवारी थपिएको पुरुष यु–१६ क्रिकेट टीमका सदस्य रौनक श्रीवास्तवले बताए । त्यस्तै सहायक प्रशिक्षक सञ्जु क्षेत्रीले खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेकाले उपाधी जित्न सफल भएको जनाए ।

एसिसी पुरुष यु–१६ इस्ट जोन कपमा ब्याटर रौनक श्रीवास्तव सर्वाेत्कृष्ट खेलाडी बन्दा उनले १ शतक र १ अर्धशतकसहित २ सय ९६ रन बनाए । यसैगरी प्रतियोगितामा नेपालका शुभम् खनालले १२ विकेट लिनुुभएको थियोे । मलेसियामा सम्पन्न खेलमा एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको थियो ।