मकवानपुर – हेटौंडा उपमहानगरपालिका मेयर पदमा रोचक प्रतिस्पर्धा कायमै छ । पछिल्लो २ दिन यता तेस्रो स्थानमा रहेको नेकपा एमाले बिहीबार रातिबाट दोस्रो स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


मतगणनाको सुरुवातमा पहिलो स्थानमा गठबन्धन र एमाले बिचको आलोपालो अग्रता थियो । तर अघिल्लो २ दिनयता तेस्रोमा झरेको एमालेले आफूलाई उछिनेको राप्रपालाई पुनस् पछि पारेको छ ।


ADVERTISEMENT

# # #


यता गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना कुमारी लामाले पनि आफ्नो अग्रतामा मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । हेटौंडा वडा १४ को मतगणना सुरु भएसंगै एमालेले आफ्नो मतान्तर घटाउँदै ल्याएको हो ।

२ दिन अघि राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले १३८ मतले अघि लागेको छ । यता अब गठबन्धनकी मिना लामा र एमालेका अनन्त पौडेल बिचको मतान्तर १ हजार २६ रहेको छ ।

एमालेलाई दोस्रो स्थानमा बढाउन योगदान गरेको हेटौंडा १४ नम्बर वडामा एमाले वियजी भएको छ । हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ ।

हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कूल ४५ हजार ६९९ मत गणना सकिएको छ । हेटौंडा उपमहानगरपालिकामा झण्डै ७४ हजार मतदान भएको छ ।