भजनी– कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन् ।


ADVERTISEMENT


थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नवराज रावललाई हराएका छन् । उनको पक्षमा कुल नौ हजार ६४२ मत खसेको छ । जबकी उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भएका छन् । शाहले सात हजार ९५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याएका थिए ।

टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ । रासस