काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरतर्फ स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र(वालेन) शाहले २४ हजार मतको आँकडा नाघेका छन् । बिहीबार साँझ ६ः३० बजेसम्मे ६१ हजार ३१५ मत गणना हुँदा  वालेनले २४ हजार ३३५ मत ल्याएका हुन् ।


ADVERTISEMENT


सुरुवाती अग्रता कायम गरेका साहले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ११ हजार ७५१ मतले पछि पारेका छन् । स्थापितले १२ हजार ५७३ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् । उनले पछिल्लो अपडेट अनुसार १२ हजार ९३मत पाएकी छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गरेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले सुनितालाई पच्छ्याइरहेका छन् । यस्तै राप्रपाकी विनिता मगैया तेस्रो स्थानमा छिन् ।

काठमाडौँमा अहिले वडा नं. ६,७,८, २८, २९, ३०, ३१ र ३२ को मत मणना भइरहेको छ । वडा नं. १, २, ३, ४ र ५ को मतगणना सम्पन्न भइसकेको छ ।