काठमाडौँ– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) ‘कोरसिटि’ मानिएको २६ वडामा पनि अग्रता कायम गरिरहेका छन् । वडाको प्रारम्भिक मतगणनामा पनि साहले अन्य मेय प्रत्याशीभन्दा बढी मत प्राप्त गरेका हुन् ।


ADVERTISEMENT


उनले नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितको तुलनामा १३ हजारभन्दा बढी मत प्राप्त गरेका छन् मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार बालेनले कुल २७ हजार ९६७ मत प्राप्त गरेका छन् । जबकी उनका प्रतीस्पर्धी स्थापितको मतपरिणाम १४ हजार ७८२ मा सिमित छ ।

यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसका मेयर उम्मेदवार सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन् ।