एजेन्सी ।  प्रत्येक पटक कुनै न कुनै कारण चर्चामा रहने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसपटक एक युवतीले टपलेस अवस्थामा गरेको बलात्कारविरुद्वको नाराबाजीले सबैको ध्यान तानेको छ । उक्त अनौठो दृश्य कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा शनिवार देखिएको हो ।


ADVERTISEMENT


एक अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली मेल’ का अनुसार, हलिउड अभिनेत्री टिल्डा स्विटन र अभिनेता एड्रिस अल्बाले रेडकार्पेट नापिरहेको बेला अचानक एक महिला नग्न शरीरका साथ चिच्याउँदै रेडकार्पेटमा पुगिन् । उनको नग्न शरीरमा साथ युक्रेनको झण्डाको रङले ‘स्टप रेपिङ अस’ अर्थात् ‘हामीलाई बलात्कार गर्न बन्द गर’ लेखिएको थियो । यस्तै, उनको शरीरमा रगतका टाटा प्रतिबिम्बित दागहरु रातो रंगले पोतिएको थियो ।


ADVERTISEMENT

# # #


उक्त महिलाले जर्ज मिलरको ‘थ्री थाउजन्ड इयर्स अफ लोङिङ’ को प्रिमियर हुनुअघि नै रातो कार्पेटमा आफ्नो लुगा च्यातेकी थिइन्, डेली मेलले रिपोर्ट गरेको छ।

ती महिला रेडकार्पेटमा पुगेपछि अन्य सेलिब्रिटीलाई त्यहाँ जानमा रोक लागाउँदै उनलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको थियो । अघिल्लो महिना युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनमा रुसी सैनिकबाट बलात्कारका घटना भइरहेको जनाएका थिए ।