सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले ४ हजार १५९ मतको अग्रता लिएका छन् ।


ADVERTISEMENT


आज बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ । यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन् । धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ ।

उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ । उनले १८ हजार ८६४ मत पाउँदा नेकपा एमालेका पदम प्रसाद लिम्बुले १६ हजार ५८१ मत पाएका छन् । उनीहरुबीच २२८३ मत अन्तर छ ।

भ्रष्टाचार विरोधी अभियानले जनताको माया पाएका साम्पाङ
साम्पाङ एक समय वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका थिए। विदेशबाट फर्किएपछि राष्ट्रिय एकता सञ्जाल नामको संस्था खोलेर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरे। त्यस वेला उनी नामको पछाडि ‘क्रान्ति’ उपनाम लेख्थे। उनले आदिवासी मूलवासी एकता सञ्जाल, आम एकता अभियान पनि चलाए।

उनले टेम्पो एकता संघ समेत खोलेका थिए। उनी आफैं पनि टेम्पो व्यवसायी हुन्। शुरूमा कहिले एक्लै र कहिले सानो समूहमा भ्रष्टाचार र विकृति विरुद्ध टोल टोलमा माइकिङ गरेका उनले समाजमा देखा परेका समस्याबारे खुलेर बोले। उनी आवाजविहीनहरूका आवाज बन्दै अघि बढे। यसैले उनलाई जनताले माया गरे ।