काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले आग्रता कायमै राखेकी छन् ।


ADVERTISEMENT


ताजा मत परिणाम अनुसार रेनुले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ८ हजार १५४ मतले पछि पारेकी छन् । जस अनुसार रेनुले ३७ हजार ४६८ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् । भरतपुरमा गठबन्धनको विरोध गर्दै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत प्राप्त गरेका छन् । हालसम्म यहाँ ९५ हजार ३११ मत गणना भएको छ ।

यस्तै उपप्रमुख तर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले सुरुवाती अग्रता कायमै राखेका छन् । उनले ताजा अवस्थामा ३९ हजार ६३९ मतमत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २३ हजार २१२ मत ल्याएकी छन् ।