काठमाडौं – नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि रु ४४५ रुपैयाँ  सम्म वृद्धि भएको छ ।


ADVERTISEMENT


सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा  ४४५ रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा  तीन हजार ७२५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ–धनगढी  १५ हजार ६६५ रुपैयाँ  कायम भएको छ । काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ रुपैयाँ  कायम भएको छ । काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० रुपैयाँ  कायम भएको छ ।


ADVERTISEMENT

# # #


माउन्टेन फ्लाइटको भाडादर  १३ हजार ७६५ रुपैयाँ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर  १६६ रुपैयाँ छ ।