काठमाडौं – सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९-८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।


ADVERTISEMENT


सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।


ADVERTISEMENT

# # #


सरकारले मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ। नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रमलागयमा केन्द्रित हुने बताइएको छ।

आगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिने सरकारको तयारी छ।

कृषि र उद्योग प्रर्वद्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने बताइएको छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी नीतिहरु आउने सरकारी स्रोतले जनाएको छ।

अर्थ मन्त्रालयको तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि पुनरवलोकन गरिसकेको छ। मंगलबार मन्त्रिपरिषदको बैठकले यसलाई पारित गर्नेछ। त्यसपछि राष्ट्रपति भण्डारीले संसद्‌मा पेश गर्नेछिन्।