पोखरा – पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यको जित सुनिश्चित भएको छ । अब गन्न बाँकी मत भन्दा धेरै मतान्तर भएपछि आचार्यको जित सुनिश्चित भएको हो ।


ADVERTISEMENT


पोखरा महानगरपालिकामा मंगलबार बिहानसम्म १ लाख ३८ हजार २११ मत गणना सम्पन्न भएको छ । जसमा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो


ADVERTISEMENT

# # #


यस आधारमा अब करिब ५ हजार मत गन्न बाँकी हुँदा आचार्यले ५३ सय बढीको मतान्तर बनाइसकेका छन् । यस्तै उपमेयर पदमा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मत पाएर विजय नजिक पुगेकी छन् ।