काठमाडौँ– काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) साहको अग्रता कायमै रहेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार, साह अन्य उम्मेदवारभन्दा १९ हजार २०३ बढी मतसहित अगाडि देखिएका हुन् ।
हालसम्म उनले ५१ हजार ६४९ मत प्राप्त गरेका छन् । जबकी गठबन्धनकी सिर्जना सिंहको पक्षमा ३२ हजार ४४६ मत मात्रै खसेको पाइएको छ ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने ३१ हजार ८८२ मतका साथ तेस्रो स्थानमै सिमित देखिएका छन् ।