सुनसरी– राज्य संयन्त्र प्रयोग गरेरै भए पनि चुनाव जित्ने रणनीति अपनाएका नेपाली काँग्रेसका विजयकुमार गच्छदारको रणनीति जनताले असफल बनाईदिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। संयुक्त बाम गठबन्धन सुनसरी क्षेत्र नं. ३ ले दुहवीमा आयोजना गरेको विशाल चुनावी जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भगवती चौधरीले चुनाव जितेपनि हराएर देखाई दिन्छु’ भन्नेले आफ्नो क्षेत्रमा आएर चुनाव लडेर देखाउन’ चुनौती दिए।


ADVERTISEMENT


बाम गठबन्धनबाट नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीलाई ‘एकल महिला’ भन्दै गच्छदारले कमजोर ठानेर हेप्ने कोसिस नगर्न चुनौती दिँदै ‘भगवती चौधरीका पक्षमा सिङ्गो बाम गठबन्धन र नेपाली जनता रहेको जिकिर गरे। अब देशमा बाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै उनले ‘लुटिखाने ठगिखानेहरुको दिन गए । अब जनताका दिन आए ।’ उद्घोषगरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले गच्छदारको राजनीति समाप्त भएको दाबी गर्दै अब थारु र मधेसका नाममा राजनीति गर्ने दिन सकिएको बताए । उनले गच्छदारलाई गन्तव्य र सिद्धान्त विहिन व्यक्ति भएको ठोकूवा गरे । ‘उहाँसँग कुनै भिजन छैन, सिद्धान्त छैन, गन्तव्य छैन, मात्र कसरी मन्त्री हुने ध्याउन्न मात्र छ । यस्ता व्यक्तिले समाजका लागि राष्ट्रका लागि केही गर्दैनन् । मङ्सिर २१ गतेपछि उनी रिटायर्ड हुन्छन् ।’ ओलीले भने ।

सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार चौधरीमा जनताको सेवा गर्ने दृढ इच्छाशक्ति भएको भन्दै चौधरीले इमान र निष्टाको राजनीति गरेकोले सत्तामा गएर भ्रष्टाचार नगर्ने बताउनु भयो । ‘भगवती चौधरीले निष्टा र इमानको राजनीति गर्नुभएको छ, उहाँलाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भो ।’ ओलीले प्रतिबद्धता व्यक्त गरे ।

जनसभामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र संवृद्धिका आफू दिनरात लागि पर्ने बताइन् । उनले एक पटक जनतालाई विश्वास गर्न आग्रह गर्दै विजयकुमार गच्छदार जनताको प्रतिनिधि बन्न नसकेको आरोप लगाए । ‘२६ वर्षदेखि सत्तामा हुनुहुन्छ, विकास किन गर्नुभएन, जनताको प्रतिनिधि भन्नेले जनताका दुखः पिडा किन देख्न सकेन ?’

उनले आफूलाई एक पटक मात्र मौका दिए यो क्षेत्रलाई संबृद्धशाली बनाएर देखाउने भन्दै सत्तामा रहँदा राज्यले दिने सुविधा समेत उपभोग नगर्ने प्रतिबद्धता गरिन् । ‘यहाँको विकास र संवृद्धिका लागि ५ वर्ष खुल्ला आँखाले हेर्नेछु, राज्यले दिने सेवा सुविधा पनि मलाई चाहिन्न ।’जनसभामा बोल्दै माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले बाम गठबन्धनले नेपाली इतिहासमा नयाँ आयाम थपिएको जिकिर गर्दै २१ गतेको निर्वाचन पछि माओवादी–एमालेको एकता हुने बताए । अहिले पुरातनवादी र यथास्थितिबादीका कारण राजनीतिक अस्थिरता बढेकोले देश विकास हुन नसकेको भन्दै नेता पोखरेलले अब राजनीतिक स्थिरता र देश विकासका लागि भनेर नै बाम गठबन्धन गरिएको दाबी गरे।

विशाल आमसभामा सो क्षेत्रका विभिन्न गाउँपालिका र नगरका दसौँ हज्जार जनताहरुको सहभागिता थियो । आमसभामा विशेषगरी महिला, बृद्धा तथा युवाहरूको उख्लेख्य उपस्थिति रहेको थियो । आमसभामा गायक बद्री पंगेनी, कलाकार बालकृष्ण सिग्देलले गीत गाएका थिए ।