काठमाडौँ – नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश्व भट्टराईले सकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा कुनै नयाँ योजना नभएको दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘यो नीति तथा कार्यक्रममा कुनै नयाँ कुराहरु छैन । कुनै नयाँ सपना छैन । देशवासीहरुलाई, जनताहरुलाई अपिल गर्ने योजनाहरु छैन ।’ उनले भने, ‘यसले कुनै उत्साह पनि दिएको छैन, एउटा सपनाविहीन, उद्देश्यविहीन, गन्तव्यविहीन र यथास्थितिवादी नीति यसमा छ ।’

आउने वर्ष देश डरलाग्दो आर्थिक संकटतर्फ धकेलिन सक्ने बताउँदै उनले वर्तमान सरकार जति समय बस्छ, त्यति नै समयको बर्बादी हुने जिकिर गरे ।