काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरुले आफूप्रति भ्रष्टचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरे । उनले आफूलाई भ्रष्टचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती दिए ।

उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।