काठमाडौँ– इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलमा ५ वर्षअघि अध्ययनरत कक्षा ९ की छात्रालाई बलात्कार गरिएको भनिएका आरोपित शिक्षक पक्राउ परेका छन् । किशोरी २ वर्षसम्म लगातार बलात्कार गर्ने स्कुलका प्रिन्सिपल राजकुमार खड्कालाई बिहीवार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।


ADVERTISEMENT


मनोज पाण्डेको केश बाहिर आएपछि अर्की पिडितले पनि आफ्नो ५ वर्षअघिको घटनामा न्याय माग्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । सञ्जालमा उनले त्यसबेला अभियुक्तविरुद्व उजुरी दर्ता गरेपनि प्रहरीले प्रतिवादीलाई पक्राउ नगरेको गुनासो गरेकी थिइन् । यद्यपि सामाजिक सञ्जालमा चौतर्फी रुपमा उनको पक्षमा आवाज उठ्न थालेपछि उनले पुनः खड्काविरुद्वको केश रिओपन गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार : सात वर्षअघि भएको करणीको अर्को घटना सार्वजनिक, पिडित भन्छिन्, ‘केश गर्दा पनि न्याय पाइएन’

बलात्कार तथा यौन शोषणसम्बन्धि नेपालको कानुनी व्यवस्थामा उल्लेखित हदम्याद खारेजीको विषय उठ्दै गर्दा सामाजिक सञ्जालमा अर्की युवतीले पनि ७ वर्षअघि आफुमाथि भएको घटनाबारे बोलेकी थिइन् ।

 उनले इन्स्टाग्राममार्फत आफु पढ्ने स्कुलको प्रध्यानाध्यापकबाटै आफु बलात्कृत भएको दाबी गरेकी थिइन् । कक्षा ९ बाट शुरु भएको उनीमाथिको यौनशोषण २ वर्षसम्म निरन्तर भएको उनको भनाई छ ।