काठमाडौँ – पत्नी हत्यामा जन्म कैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनलाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरिएको कार्यालयका एसपी कृष्ण कोइरालाले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरेको पुष्टि भएपछि जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलास निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको फैसलालाई उल्ट्याउँदै जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । फैसलासँगै ८ वर्ष जेल बिताइसकेका कोइराला अब थप साढे ११ वर्ष जेल बस्नुपर्ने भएको छ ।

सर्वोच्चले फैसला उल्ट्याएपछि कोइराला फरार रहेका थिए ।