काठमाडौँ– मानसिक स्वास्थ्य सम्बन्धि उचित परामर्श एवम् तालिम प्रदान गर्ने दशभन्दा बढी संस्थाहरुले बसन्तपुरमा प्रदर्शनी सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयका मनोविज्ञान विभाग प्रमुख डा. नन्दिता शर्माको प्रमुख आतिथ्यमा सो तीनदिने कार्यक्रम शुक्रवारदेखि औपचारिक रुपमा सुरु भएको हो ।


ADVERTISEMENT


कार्यक्रममा बोल्दै डा. शर्माले अहिलेसम्म पनि नेपाली समाजमा मानसिक अवस्थाको सन्दर्भमा जोकोही खुलेर बोल्न हिच्किचाउने समस्या यथावत् नै रहेको बताइन् । ‘मनोविज्ञानको सन्दर्भमा हाम्रो समाजमा अहिलेसम्म एक किसिमको स्टिग्मा रहेको छ । जसकारण पनि यसबारे खुलेर बोल्न चाहादैनन्’, उनले भनिन् ।


ADVERTISEMENT

# # #


शारीरिकजत्तिकै मानसिक स्वास्थ्य पनि उत्तिकै ख्याल राख्नुपर्ने उनको भनाई छ । ‘पिडा हुनु भनेको हाम्रो मन दुख्नु हो । जसरी हामी टाउको या शरीरका कुनै अंग दुखेको बेला औषधी खान्छौ । त्यसरी नै आफ्नो पिडालाई पनि खुलेर बाहिर ल्याउने र त्यससम्बन्धित उपचार खोज्ने चेष्टा गर्नुपर्छ’, उनले सुनाइन् ।

साम्भाव्य फाउन्डेशनको आयोजनामा भएको उक्त प्रदर्शनीमा दशभन्दा बढी सम्बन्धित निकायहरुले सहभागिता जनाएको छ । मानसिक स्वास्थ्यमा एक्लै–एक्लै कार्य गर्नुसट्टा सबै संस्थाको सहकार्यमा गर्दा त्यसले बढी प्रभाव पुर्‍याउने हेतुले संयुक्त रुपमा सो प्रदर्शनीको आयोजना गरिएको फाउन्डेशनकी रञ्जिता मर्हजनले बताइन् ।

दिउँसो २ बजेदेखि ६ बजेसम्म जारी उक्त एक्स्पोमा परामर्श तथा तालिमदेखि मनोवैज्ञानिकसम्बन्धि अध्यापक संस्था, ईडीसीडी, पिक्स एवम् सीपीएनलगायत अन्य संस्थाहरुको सहभागिता रहेको भन्दै उनले आगन्तुकहरुले एकैस्थानमा आफ्नो रुचि तथा आवश्यकता अनुसार सम्बन्धित संस्थासंग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिने जनाइन् ।

यस्तै, यसरी खुला स्थानमा कार्यक्रम राख्नुको औचित्य बताउँदै उनले भनिन्, ‘यसरी खुला स्थानमा कार्यक्रम आयोजना गर्दा बाटोका हिड्ने जिज्ञासु व्यक्तिहरुले कम्तिमा मानसिक स्वास्थ्यसम्बन्धि ज्ञान हासिल गर्नसक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’

कम्तिमा पनि ‘वान स्कुल–वान काउन्सिलर’(एक विद्यालय–एक परामर्शदात्ता) हुनुपर्ने मुल नाराका साथ सन् २०१८ मा स्थापित यस संस्थाले एमए क्लिनिकल साइकोलोजी र मनोवैज्ञानिक परामर्श सेवामार्फत शिक्षा प्रणालीलाई समर्थन गर्दै आएको साम्भाव्यले मे महिनालाई मानसिक स्वास्थ्यसम्बन्धित जनचेतना फैलाउने महिना मानिने भएकाले सो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

कार्यक्रममा पहिलो दिन मानसिक स्वास्थ्यसम्बन्धि सडक नाटक समेत प्रस्तुत गरिएको छ । संस्थाले सन् १९४९ देखि नै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा मानसिक समस्यासम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरेर मानसिक स्वास्थ्यसम्बन्धि आवश्यक जानकारी प्रदान गर्दै आएको छ ।