हेटौँडा – नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति एवं संसदीय दलका नेता ईन्द्र बाँनिया मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबिच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्।


ADVERTISEMENT


स्रोतका अनुसार ११ कात्तिकमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुअघि आर्थिक वर्ष २०७९-०८० को बजेट ल्याएपछि सरकारको नेतृत्व बानियाँलाई हस्तान्रण गर्ने गरी लिखित सहमति भएको थियो। प्रदेश सरकारले असार १ गतेभित्र बजेट प्रदेशसभामा पेश गर्नुपर्ने हुन्छ।


ADVERTISEMENT

# # #


बानियाँ यसअघि पनि मुख्यमन्त्री बन्ने होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पतमा परेकी थिइन्।

त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर, गठबन्धनको भागबण्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा परेको थियो। सोही अनुसार राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री पाण्डेले शुक्रवार प्रदेशसभामा कुरा गर्दै सरकार परिवर्तनबारे केन्द्रको निर्णय मानेर अघि बढ्ने बताएका छन् । बानियाँले भने सरकार परिवर्तन हुने विगत सहमति कार्यान्वयन हुनुपर्ने बताउँछन्। उनले पहिला भएको सम्झौता अनुसार नै गठबन्धन सरकार अगाडि बढ्ने बताएका छन्।

प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।

त्यसैगरी, एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदुर पार्टी र राप्रपाका एक – एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थ चाहिन्छ।