काठमाडौं – नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासि भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ञप्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्,ञ स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज– कोकाले भने।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासकाबीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।