काठमाडौं – सम्पर्क विहीन तारा एयरको जहाज  खोजीका लागि जोमसोमबाट हेलिकोप्टर परिचालन भए पनि खराब मौसमको कारण समस्या भएको छ ।


ADVERTISEMENT


मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको हो । सम्पर्क विहीन उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १९ जना सवार छन् ।


ADVERTISEMENT

# # #


चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा छन्। यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ छन् ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।