काठमाडौँ– सम्पर्कविहिन तारा एयरको जहाजको अवस्था अझै अज्ञात नै रहेको प्रहरीले जनाएको छ । हालसम्म सम्पर्कविहिन नै रहेको जहाजको अवस्थाबारे खोजीकार्य जारी रहेको मुस्ताङका डीएसपी रामकुमार दानीले हिमालयपोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT


सम्बन्धित समाचार : पोखरा–जोमसोम फ्लाइटको तारा एयर सम्पर्कविहीन


ADVERTISEMENT

# # #


‘जहाज अहिलेसम्म हराइरहेकै अवस्थामा छ । सम्भावित क्षेत्रतिरका स्थानियहरुलाई हामीले सम्पर्क गरिरहेका छौँ’, हिमालयपोष्टसंग कुराकानी गर्दै डीएसपी दानीले भने, ‘यद्यपि हालसम्म हराएको मात्रै जानकारी छ ।’

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको खोजीका लागि हेलिकप्टर परिचालन

उनका अनुसार, जहाज कोबाङबाट धौलागिरी हिमालतर्फ गएको आवाज सुनिएको भन्ने जानकारी प्राप्त भएको छ । यद्यपि अहिलेसम्म दुर्घटना नै भएको कुनै तथ्य जानकारी नआएको उनले बताए ।

सम्बन्धित समाचार : सम्पर्कविहिन तारा एयरको जहाजमा को–को छन् ?