काठमाडौँ– तारा एयरलाइन्सले सम्पर्कविहिन जहाजको खोजीकार्य जारी रहेको बताएको छ । एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै सम्पर्कविच्छेद भनिएको जहाजको खोजी तथा उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जानकारी दिएको हो ।


ADVERTISEMENT


प्रतिकुल मौसमका कारण विमान खोजीका लागि पठाइएको हेलिकप्टर फिर्ता आएपनि हाल स्थलमार्गबाट खोजी कार्य भइरहेको कम्पनीले जनाएको छ । ‘नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराउँछौ’, विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #