काठमाडौँ – सरकारले पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै ४ लेनको बनाउने कार्यलाई तीव्रता दिन ३० अर्ब ५० करोड विनियोजन गरेको छ ।


ADVERTISEMENT


आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्द अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । जस अनुसार आगामी वर्ष बुटवल–नारायणगढ खण्ड विस्तार कार्य सम्पन्न गरिने अर्थमन्त्री शर्माको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै कमला–कञ्चनपुर सडक खण्डको विस्तार कार्यको तीव्रता दिनुका साथै कमला–ढल्केबर–पथलैया, पथलैया–हेटौँडा–नारायणगढ, बुटवल–गोरुसिङ्ग र काँकटभिट्टा लौकही सडकखण्डको विस्तार सुरु गरिने उनले बताए । बाँकी खण्डको स्तरोन्नतीका लागि विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिने उनले बताए ।

यस्तै अर्थमन्त्री शर्माले काठमाडौँ–तरराई द्रूतमार्ग आगामी ३ वर्षभित्र सम्पन्न गरिने र त्यसका लागि ३० अर्ब ७ करोड विनियोजन गरेको जानकारी दिए ।

आगामी आर्थिक वर्षमा थप ८ सय किलोमिटर सडक सञ्जाल विस्तार हुने र २५७ किलोमिटर सडक स्तरोन्नती हुने उनले बताए । अर्थमन्त्री शर्माले हुलाकी राजमार्गका लागि ६ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । निर्माणाधीन हुलाकी राजमार्गको ३ सय किलोमिटर कालोपत्रे र २४ वटा पुल निर्माणका गर्दै थप ६७ वटा पुलको निर्माणको काम सुरु गरिने उनले बताए