काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालन्द्र शाह (वालेन)ले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


सोमबार मेयरको पदभार ग्रहण गरेलगत्तै मेयर शाहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेवार्ता गरेका हुन् ।भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबिच सहकार्य समेत गरिने कुराकानी भएको बताइएको छ ।