काठमाडौं – डिजिटल पेमेन्ट इकोसिस्टम लाई सबल बनाउने उदेश्यले एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपालसँग सम्झौता गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सक्ने छन् ।


ADVERTISEMENT


यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ । भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका छ ।


ADVERTISEMENT

# # #


बैंकले आफ्नो ११६ शाखाहरु, ३१ राजस्व सङ्कलन काउन्टरहरु, १५० एटिएमहरु तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आईरहेको छ ।