काठमाण्डौं-नेपाल प्रहरीले पेस्तोल र गोली सहित ३ जनालाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनीबाट विशेष सूचनाको आधारमा प्रहरी टोलीले ९ एमएमको ४ थान पेस्तोल, त्यसमा लाग्ने ३९ थान गोली र लामो हतियारमा लाग्ने ४८ थान गोलीसहित सोमबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा अभियान श्रेष्ठ, जय गुरुङ र विजय गुरुङ छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ। उनले भने, उनीहरु कहाँबाट आएका हुन्, हतियार बोकेर कहाँ जाँदै थिए, कुन प्रयोजनको लागि हतियार बोकिएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।


ADVERTISEMENT

# # #