काठमाडौँ– नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । साथै, सरकारले यसलाई बढावा दिदैं आएको पनि उनले प्रष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने भन्दै मन्त्री कार्कीले यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउ मिल्ने बताए । ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधीभर मात्र नभएर सधैं भरी कायम गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्नेमा कार्कीको जोड दिदैँ उनले यस्ता कार्यक्रमले समाज प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाए ।

यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सुचना प्रविधिमा समाजकासबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । दुर दराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने उनको प्रतिबद्वता छ ।

सुचना प्रविधीको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको भन्दै उनले यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकरात्मक रहेको जानकारी दिए ।

समग्रमो सुचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको उनको राय छ ।