काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचनात्मक टिप्पणी गरेको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग स्पष्टीकरण सोधिने भएको छ ।


ADVERTISEMENT


एमालेको अनुशासन आयोगले एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा नेता भुसालले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भुसालले एक टेलिभिजनका लागि अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा उनले आलोचनात्मक टिप्पणी गरेका थिए । सोही विषयलाई लिएर अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोध्ने भएको हो ।

आयोगका अध्यक्ष केशव बडालले हिमालय टिभीमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बताएका छन् । अन्तर्वार्तामा गम्भीर विषयहरू रहेको उल्लेख गर्दै उनले विधिवत र संस्थागत रूपमा निर्णय गरेर पार्टी केन्द्रमा पठाए बताए ।