काठमाडौँ – नेपालको स्थापित तथा अग्रणी ब्राण्ड खुकुरी रमको उत्पादक, दि नेपाल डिस्टिलरिज प्रा.लि. वातावरण संरक्षणका लागि ५ प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आइतबार विश्व वातावरण दिवसका अवसरमा वातावरण संरक्षण तथा दिगोपना विकासका लागि ५ प्रतिवद्धता जनाएको हो ।


ADVERTISEMENT


जस अनुसार कम्पनीले आफ्ना उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको र यसलाई आगामी ३ वर्षभित्रमा सत्प्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने कम्पनीको प्रतिवद्धता रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै सन् २०३२ सम्ममा सत्प्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने र अहिले पनि सकेसम्म वातावरणमा हुनसक्ने नकारात्मक प्रभावलाई कम गर्न निरन्तर सप्लायर्स र विज्ञहरुसँग काम गरिरको कम्पनीले जनाएइको छ ।

यस्तै कम्पनीले आफ्ना बोतलहरु पुनः प्रयोग गर्ने र हाल उत्पादनमा प्रयोग हुने बोतलहरु संकलन गर्ने इकोसिस्टमको विकास गरिरहेको जानकरी दिएको छ । अत्याधुनिक प्रविधिको सहयोगले बोतलहरु सफा गरी पुनः प्रयोग गर्ने थिति बसाल्ने काममा समेत अग्रसर रहेको समेत कम्पनीले जनाएको छ । अहिले नेपालमा यो अभ्यास धेरैजसो बियर उद्योगहरुले गरिरहेका छन् ।

यस्तै कम्पनीले ग्रीन इनर्जीमा समेत काम गरिरहेको जनाएको छ । आगामी तीन वर्षभित्रम ग्रीन इनर्जीको अवधारणालाई कार्यान्वयनको तहमा पुर्याइसक्ने कम्पनीको भनाई छ ।

यस्तै कम्पनीले विगत २ वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको छ । आगामी दिनहरुमा समेत यो सहकार्य(अभियान) जारी राख्ने प्रतिबद्धता गजनाएकामे छ ।