काठमाडौँ – सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी आफ्ना केही मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारेमा छलफल थालेको छ । पार्टीको आइतबारको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल भएको हो ।


ADVERTISEMENT


एकीकृत समाजवादीले सरकारमा सन्तोषजनक प्रदर्शन नगरेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी थालेको हो । यद्दपी कसलाई फिर्ता बोलाउने भन्ने विषयमा अहिल्यै टुंगो लागी नसकेको एकीकृत समाजवादीका एक नेताले बताए ।


ADVERTISEMENT

# # #


एकीकृत समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ रहेका छन् ।