काठमाडौँ – सुवास खकुरेल नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन् । आईसीसी विश्वकप लिग २ का लागि अमेरिका पुगेको ओपनिङ ब्याटर कुशल भुर्तेल र आशिफ शेख चोटग्रस्त बनेपछि सुवासलाई राष्ट्रिय टोलीमा बोलाइएको हो ।


ADVERTISEMENT


अमेरिकाको टेक्सासमा अभ्यास खेलका क्रममा कुशल र आशिफ घाइते भएका थिए । लिग २ का लागि अमेरिका र ओमानसँगको खेलमा यी दुबै खेलाडी फिट हुनेमा द्विविधा भएपछि टिम व्यवस्थापनले सुवासलाई विकल्पका रुपमा बोलाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT

# # #


क्यानका अनुसार विकेट किपर ब्याटर समेत रहेका सुवासले घरेलू मैदानमा नेपाली टोलीको क्याम्पका क्रममा सन्तोषजनक प्रदर्शन गरेका थिए । लिग २ को अमेरिका सिरिजमा नेपालले पहिलो खेल ओमानसँग खेल्दैछ । यस्तै दोस्रो खेल ११ जुनमा घरेलू टोली अमेरिका र १४ जुनमा पुनः ओमानसँग खेल्ने तालिका रहेको छ ।

यस्तै नेपालले अमेरिका सिरिजको अन्तिम खेल १५ जुनमा पुनः अमेरिकासँग खेल्दैछ ।