काठमाडौं – सोमवार बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।


ADVERTISEMENT


विभागका अनुसार सोमवार बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली भएको छ ।


ADVERTISEMENT

# # #


पछिल्लो समय मुलुकको मौसममा नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको समेत विभागले जनाएको छ ।

आज दिनभर प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

विभागका अनुसार, आज दिनभर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।